![pradesh-pramukh](http://nics.com.np/wp-content/uploads/2023/08/pradesh-pramukh.jpg)
![भनभमधमाभ](http://nics.com.np/wp-content/uploads/2023/08/भनभमधमाभ.png)
![hjn h](http://nics.com.np/wp-content/uploads/2023/08/hjn-h.png)
![भभाभा](http://nics.com.np/wp-content/uploads/2023/08/भभाभा.png)
![भभाभा](http://nics.com.np/wp-content/uploads/2023/08/भभाभा-1.png)
![366653251_125282247312189_6474795984466508019_n](http://nics.com.np/wp-content/uploads/2023/08/366653251_125282247312189_6474795984466508019_n.jpg)
![366831165_125282453978835_4833163686912363575_n](http://nics.com.np/wp-content/uploads/2023/08/366831165_125282453978835_4833163686912363575_n.jpg)
प्रदेश प्रमुख मिश्रद्वारा निःशुल्क शल्यक्रिया अस्पतालको शिलान्यास
From spkhabar.com
एसपी रिपोर्टर
जनकपुरधाम, साउन २० :
नेपालमै पहिलो पटक अनुहारका विकृति सम्बन्धी उपचारको जनकपुरधाममा अस्पताल स्थापना हुने भएको छ ।
शनिवार जनकपुरधाममा आयोजित एक समारोहका बीच स्थापना हुने अस्पतालको मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले शिलान्यास गर्नु भएको छ । अस्पतालको शिलान्याससँगै उपचार सेवा पनि शनिवारदेखि नै शुरु भएको छ ।
आम नागरिकलाई निःशुल्क उपचार सेवा दिने उद्देश्यले विश्वविख्यात क्रेनियोफेसियल प्रा.डा. हर्मन सेलरद्धारा स्थापित क्लेफ्ट चिल्ड्रेन इन्टरनेशनलको फ्रेन्चाइजीको रुपमा नेपालमा पनि पहिलो पटक नेसनल इन्स्टिटियुट अफ क्रेनियोफेसियल सर्जरी स्थापना भएको हो । जसको शाखा जनकपुरधाममा स्थापना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेश प्रमुख हरिशंकर मिश्रले अनुहारको विकृति सम्बन्धी समस्याको निशुल्क उपचारले मधेश प्रदेशका जनताको सुखद क्षण रहेकाले यसको फाइदा उठाउन सबैसँग आग्रह गरे ।
त्यस्तै विशिष्ट अतिथि प्रदेश सरकारका विनाविभागीय मन्त्री सुरिता साहले लाखौ रुपैया खर्चेर पनि यस किसिमको समस्याको उपचार नहुने भएको अवस्थामा निशुल्क उपचार सेवा पाउन’ मधेश प्रदेशका लागि यो सौभाग्यको कुरा हो । यस्ता परोपकारी कामका लागि प्रदेश सरकारबाट हुने सहयोग आफू गर्न तयार रहेको प्रतिबद्धता जनाईन ।
शिलान्यास कार्यक्रमका अध्यक्ष वरिष्ठ चिकित्सक डा. विजय सिंहले चिकित्सा क्षेत्रमा विकृति रहेको अवस्थामा अनुहारको विकृति सम्बन्धी समस्याको निशुल्क उपचारको सेवाले यहाँका जनताका लागि अति नै खुशीको खबर रहेकाले यसमा सबैले सहयोग गर्न आवश्यक रहेको बताए ।
अन्तर्राष्ट्रिय संस्था क्लेफ्ट चिल्ड्रेन इन्टरनेसनलको आर्थिक सहयोगमा सञ्चालमा आएको अनुहारको विकृति सम्बन्धी उपचार सेवा क्रेनियोफेसियल सर्जन डा. सुमित सिंहको पहलमा नेपालमै पहिलो रहेको छ । हालसम्म काठमाडौमा ३ सय १८ जनाको उपचार गरिएकोमा त्यस मध्ये ५२ जना जनकपुरधाम क्षेत्रकै रहेको कारण अब तिनीहरुको उपचार सेवा यहीबाट दिइने भएको छ ।
नेपालमा हरेक आठ सयमा एक जनामा खुँडोपना तथा अनुहारको विभिन्न विकृतिसम्बन्धी समस्या हेको बताउंदै डा. सिंहले सोको उपचारका आफ्नै अगुवाईमा हुने जनकपुरधाममा आफ्नै आर्थिक लगानीमा सुविधासम्पन्न अस्पताल निर्माणको कामपनि उपचारसँगै शुरु हुने जानकारी दिए ।
सिंहका अनुसार पहिलो चरणमा प्रत्येक वर्ष ५ सय जनालाई निशुल्क सेवा दिने र अस्पताल पूर्णरुपमा सञ्चालनमा आएपछि वार्षिक एक हजार ५ सय जनालाई सेवा दिने योजना रहेको बताए । उपचार पूरा नहुन्जेलसम्म बिरामीको साथमा आउने एकजना कुरुवाकोसमेत यातायात, खाना, खाजाको खर्च समेत व्यहोर्ने उनले बताए ।
अनुहारमा विकृतिसम्बन्धीको उपचार निशुल्क उपलब्ध गरेपनि सोही छातामुनि नेशनल सेन्टर फर टिएमजे डिस्अर्डर, फेसियल प्लास्टिक एण्ड एस्थेटिक्स, नेशनल फर क्रेनियो मेक्सिलो फेसियल ट्रमा, नेशनल सेन्टर फर इम्पालन्टोलोजी लगायतका विभाग अन्तर्गत अन्य विभिन्न सेवा तथा उपचारहरु सशुल्क प्रदान गरिने उनले बताए ।